‘नजिकको तीर्थ हेला’ भने झैँ काठमाडौँनजिकै रहेको सिन्धुपाल्चोकको त्रिवेणीघाटको त्यति चर्चा गरिएको पाइन्न । मेलम्ची नगरपालिकाको सिन्धु उपत्यकामा अवस्थित प्रसिद्ध त्रिवेणीघाटको धार्मिक महत्व ज्यादा छ ।
गुल्मीमा २१ वटा समूह सकारीमार्फत चक्लाबन्दी खेती गरिएको हो । बाँझिएर रहेका जग्गालाई विशेष प्राथमिकता दिँदै २१ वटा समूह सकारीमार्फत १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी खेती गरिएको हो ।
बागलुङ नगरपालिका–२ को अति व्यस्त समीक्षालय चोकमा रहेको पार्कपरिसरमा जस्तापाताले छाएको एउटा साँघुरो छाप्रो छ । त्यही छाप्रोबाट ट्राफिक प्रहरीले कार्यसम्पादन गर्दै आएको छ ।
दाङमा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिनुको साटो घरमै सुत्केरी हुने क्रम बढ्न थालेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरे पनि कतिपयले घरमै सुत्केरी गराउने गरेका छन् ।
कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका ५९ महिनासम्मका बालबालिकासहित खोप लगाउन छुटेका तथा खोप नलगाएका एक लाखभन्दा बढी बालबालिकाले खोप लगाएपछि बिहीबार कर्णालीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
निर्माण कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडा कार्यालयले सडकबाटै सेवा दिन थालेका छन् । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारले लापरबाही गरिरहेको भन्दै दबाब दिन वडा कार्यालयले सडकबाट सेवा दिइरहेका हुन् ।
यहाँका एक मुक्त हलिया किरियापुत्री पाँच दिनदेखि भोकै बसेको पाइएको छ । घरमा अन्नपात केही नहुँदा एक छाक खान समस्या परेपछि छिमेकीले दुई सय रुपियाँ सहयोग गरेर शक्रबार किरियापुत्रीलाई एक छाक अन्नको जोहो भएको छ ।
नेपालका हिमाली स्थानीय सरकारमा विकास निर्माणका आफ्नै मौलिकता अपनाएको हुन्छ । पूर्वमन्त्री छक्कबहादुर लामा भन्नुहुन्छ, “तपाईले कुनै ठाउँको परिस्थितिजन्य भूमानव संरचना बुझ्नुहुन्न भने त्यहाँ तपाईलाई शासन गर्न गाह्रो हुन्छ ।”
जिल्लाका विद्युत नियमित छैन । विद्युत जाने वित्तिकै नेटवर्कले काम नगर्दा सत्यवति गाउँपालिका–१, २ र ३ अस्लेवा, चेहेमी, लुम्पेका नागरिकले समस्या झेल्दै आएका छन् ।
वर्षाको समयमा खोलामा पसेर अवैध रुपमा नदीजन्य पदार्थ उठाउँदै गरेका आठ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध क्रियाकलापलाई रोक्ने अभियान नै चलाएको स्याङ्जा प्रहरीले पछिल्लो एक हप्तामा नै आठ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो ।
अहिले आमाबाले बालबालिकालाई मोबाइलमा गीत र भिडियो हेरेर खाना खुवाउँछन् ।
पूर्ण ज्ञानले मानिसलाई परिपक्व र विद्वान् बनाउँछ भने अधुरो ज्ञानले उसलाई पाखण्डी र घमण्डी बनाउँछ अनि त्यसले पतनको मार्गतिर लैजान्छ ।
निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा गुल्मीको सदरमुकाम तम्घासमा कर्मचारी र पत्रकारबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
नेपालमा मात्र नभई विश्वभर नै सामाजिक सञ्जालको क्रेज बढ्दो छ । कुनै समयमा एकाबिहानै पत्रपत्रिका पढेपछि र टेलिभिजन वा रेडियोमा समाचार सुनेपछि मात्र देश विदेशका खबरको बारेमा जानकारी पाइन्थ्यो तर अहिले समय बदलिएको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इनस्टाग्राम, युट्युब, टिकटक, पोडकास्टलगायतका प्लेटफर्ममा छिनभरमै देश, विदेशका खबर हेर्न, सुन्न र पढ्न पाइन्छ । आजको
जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । झारपातमा बस्ने किराहरुको टोकाइबाट सर्ने स्क्रब टाइफसबाट एक सय ५८ जना सङ्क्रमित भएका छन् ।