जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।
सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।
बुढीगङ्गा गाउँपालिकाले सेवा नलिएका सर्वसाधारण नागरिकबाट पनि जबरजस्ती सरसफाइ शुल्क असुल्ने गरेको छ । सर्वसाधारण नागरिकलाई सेवाका बारेमा जानकारी नै नदिई गाउँपालिकाले एकीकृत सम्पत्ति करमा जोडेर सरसफाइ शुल्क असुल्ने गरेको हो ।
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको जोखिम कहिल्यै नहट्ने भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिल्लामे हुनु कर्णाली राजमार्गको विशेषता जस्तै भएको छ । पहिरो र खाल्टाखुल्टी हुनु कर्णाली राजमार्गको स्थायी समस्या हो । सरकारले बर्सेनि मर्मतका नाममा लाखौँ रकम खर्च गर्दै आएको भए पनि सडक जोखिम भने कम हुन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–माल ढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।
व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते हुनुभएको छ । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ ।
चितवनको टाँडीमा निर्माण कार्य सुरु गरिएको रत्ननगर सभा हल आठ वर्षमा पचासी प्रतिशत काम सकिएको छ । चितवनमै पहिलो पटक छ सय जना क्षमताको सभा हल निर्माण