सिराज खान
नेपालगन्ज, भदौ १९ गते । बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिका–४ का आठ वर्षीय बालकको उपचारका क्रममा जापानीज इन्सेफलाइटिसबाट मृत्यु भएको हो ।
हालसम्म जिल्लाका चारजनामा जापानिज इन्सेफलाइटिस भएको पुष्टि भएकोमा नरैनापुर ४ का आठ वर्षीया बालक हशमुद्दीन खानको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताउनुभयो । उहाँले अन्य तीनजना मध्ये डुडुवा २ का ६ वर्षिय बालक गणेश गोडिया र नरैनापुर ४ कै तीन महिनाका बालक मोहम्मद फैजान खानकोे उपचारपछि निको भएर घर फर्किएको बताउनुभयो
सोही प्रकारले कोहलपुर नगरपालिका १२ की ७ वर्षीया बालिका आश्मा वारको उपचार यहाँ हुन नसकेपछि काठमाडौं रिफर गरिएकोमा हाल कान्ति अस्पताल काठमाडौंमा ती बालिकाको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले बताउनुभयो ।
पछिल्लो समयमा जिल्लाका केही ठाउँमा फाटफुट रुपमा जापानीज इन्सेफलाइटिसबाट पिडित बिरामीहरु देखनि थालेकोले सचेत रहन तथा बचावका उपायहरु अपनाउन सबैसँग आग्रह गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश पौडेलले बताउनुभयो ।