• २७ वैशाख २०८३, आइतबार

शान्ति सम्झौता भएपछि युक्रेनलाई सुरक्षा दिन युरोप तयार : राष्ट्रपति म्याक्रोन

blog

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन ।

पेरिस, भदौ १९ गते । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार युरोपेली मुलुक युक्रेनसँग शान्ति सम्झौता भएपछि आवश्यक सुरक्षा सहायता दिन पूर्णतः तयार रहेको बताउनु भएको छ ।

युक्रेनलाई समर्थन जनाउने इच्छाशक्तिका आधारमा बनेको युरोपेली समूहको बैठकअघि बोल्दै राष्ट्रपतिले भन्नुभयो, “हामीले आवश्यक तयारी पूरा गरिसकेका छौँ, अब यसलाई राजनीतिक सहमतिमा रूपान्तरण गर्ने चरण सुरु हुँदैछ ।” उहाँले युरोप युक्रेनमा दिर्घकालीन र स्थायी शान्ति स्थापनाको पक्षमा दृढ रहेको स्पष्ट पार्दै भन्नुभयो,“अब मुख्य प्रश्न भनेको रुस साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भन्ने हो ।”

रुसबाट शान्तिको कुनै सङ्केत देखिँदैन

फ्रान्स भ्रमणमा रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई राष्ट्रपति म्याक्रोनले पेरिसमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “रुस यो युद्ध अन्त्य गर्न चाहन्छ भन्ने कुरा पुष्टि हुने खालका कुनै सकारात्मक सङ्केत देखिएका छैनन ।” रासस/क्यूएनए