रमेश विश्वकर्मा
गुल्मी, भदौ २० गते । गुल्मीमा ब्याडमिन्टन संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट अध्यक्षमा भरत थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
चौंथो जिल्ला अधिवेशनबाट आगामी चार वर्षका लागि जिल्ला ब्याडमिन्टन संघ गुल्मीको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको बताइएको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा शुरेश श्रेष्ठ, उपाध्यक्षमा माधव विष्ट निर्वाचित हुनुभयो । सचिवमा चतुर्भुज पन्थी र कोषाध्यक्षमा प्रकाश बुढाथोकी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता विष्णु प्रसाद बलालले जानकारी दिनुभयो ।
त्यसैगरी, समितिको सदस्यहरुमा नारायण जिसी, कुमार थापा, चित्र बहादुर श्रीस, राजु पाण्डे, बाबुलाल पन्थी, राजन काउँछा, होम पल्ली, तारा बहादुर श्रेष्ठ, यम बहादुर थापा र हिमाल श्रीस निर्वाचित हुनुभयो । यस संस्थामा ६५ जना साधारण सदस्य हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष थापाले संस्थालाई स्थापनाकालदेखि हालसम्म सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुहुँदै सबैको सुझाब र सल्लाह अनुसार आफ्ना क्रियाकलापलाई अगाडि बढाउने बताउनुभयो ।