कविता कुँवरको अलराउन्डर प्रदर्शन र इन्दु वर्माको प्रेरणादायी पालिको सहयोगमा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपालले मङ्गलबार घरेलु टिम मलेसियालाई छ विकेटले पराजित गरेको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल कुमाख पहाड (लेक) मा भव्य मेला लागेको छ ।
कलाकार तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दसैँमा नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल ‘छक्कापन्जा कमेडी टुर’ का लागि अमेरिकामा रहेका गिरीले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्नुभएको हो ।
गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको सङ्गीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुसी’ सार्वजनिक भएको छ ।
बाढीपहिरोपछि देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने गरेको गुनासो आइरहेका बेला ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका अधिकारीसँग छलफल गर्नुभएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पूनर्निर्माण कोषमा एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ । मङ्गलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो ।
मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो ।
नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलनका क्रममा मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ ।
देशमा उत्पन्न विषम परिस्थितिको असरका कारण पर्यटक आगमन घटेको छ । नेपालमा सेप्टेम्बर र अक्टोबरको समयलाई पर्यटनका लागि आकर्षक यामका रूपमा लिइन्छ तर यामको सुरुमै पर्यटकीय संरचनामा पुगेको क्षति र सुरक्षा संवेदनशीलताका कारण सेप्टेम्बरमा गत वर्षभन्दा १८ प्रतिशतले पर्यटक घटेका छन् ।
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकट लिएर मात्रै यात्रा गर्न यातायात व्यवसायी महासङ्घले अनुरोध गरेको छ ।
कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
गुल्मीको धुर्कोट कोतमा कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको ऎतिहासिक सरायँ नाचमा जमराको माला लगाएर सरायँ नाच्दै पाका उमेरका व्यक्तिहरु । मंगलबार धुर्कोट गाउँपालिकाले सरायँ हेर्नका लागि सार्वजनिक बिदा समेत दिएको थियो ।