फुङलिङ नगरपालिकाको समन्वयमा पाथीभरा बहुमुखी क्याम्पसले लोकसेवा आयोगको तयारी कक्षाको सुरु गरेको छ । जिल्लाको एकमात्र स्नातकोत्तर तहको अध्ययन हुने क्याम्पसले खरिदार तथा नायब सुब्बा पदका लागि आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन विहीबारबाट सुरु गरेको हो ।
आफ्ना नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको बागलुङको गलकोट नगर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ ।
बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्नुहुने छ ।
अन्नपूर्ण गाउँपालिका–१, दोबामा पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ ।
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकामा दैनिक बाह्र घण्टा लोडसेडिङ हुने गरेको छ । उपभोक्ताको माग बढी र हिल्दुम विद्युत् वितरण केन्द्रले उत्पादन गर्ने विद्युत् कम भएको कारण लोडसेडिङ समय बढेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ब्रिटिस काउन्सिलको सहकार्य तथा युनेस्कोको आयोजनामा ‘क्राफ्टस एन्ड फोल्क आर्टस ’ विषयक छलफल सम्पन्न भएको छ । कार्यक्रममा युनेस्कोका नेपाल प्रति
कविराज घिमिरे हिले, जेठ १ गते । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–९ आहालेमा गए राती भीषण आगलागी भएको छ । आगलागी वाट स्थानीय टेक बहादुर थापाको दुई वटा घर, एक वटा गोठ, बाख्राको खोर र भान्सा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा परेर दुई गाई र नौ वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको प्रहरीको भनाइ छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीको भनाइ छ । बुधवार राति करिब ११ः३० बजे सुरु भएको आगो करिब ४ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । सबै तिर आगो सल्किएपछि मात्र थाहा पाएकाले आगो नियन्त्रण गर्न नसकेको महालक्ष्मी नगरपालिका वडा नम्बर नौ का वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो । स्थानीय लक्ष्मण काफ्लेका अनुसार आगो सबैतर्फ सल्किसकेपछि मात्र थाहा पाएको हुँदा अन्नपात र पशु चौपाया केही पनि जोगाउन नसकिएको बताउनु भयो ।
डकले बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान सुरु गरिएको छ । अमरगढी नगरपालिका ८ स्थित डकलेमा निर्माण गरिने बसपार्क क्षेत्रमा रुख कटानीको आदेश नहुँदा निर्माणको काम सुरु हुन सकेको थिएन ।