दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ ।
इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरीबाट एक सय ८० जना धार्मिक श्रद्धालु साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उहाँका नाटो समकक्षीहरू बिहीबार टर्कीमा भेट गर्दै हुनुहुन्छ । रुबियोले आगामी महिना हुने गठबन्धन नेताहरूको महत्त्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नुहुनेछ जसले अमेरिका अन्यत्र चुनौतीहरूमा केन्द्रित भइरहेको बेला भविष्यको युरोपेली सुरक्षाको दिशा तय गर्नेछ ।
दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् ।
बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीदेखि दोभानसम्म अनिश्चितकालका लागि सडक बन्द हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्त्व उच्च रहेको बताउनुभयो ।
बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका पुर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँ पालिका घोषणा भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभाका सदस्य शक्तिबहादुर बस्नेतले जनताको अवस्था परिवर्तनका लागि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।
नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–६ चोरमारस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि यात्रुले निक्कै सास्ती भाेग्न पर्यो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नुहुने छ । त्यहाँ उहाँले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको ‘हस्तक्षेपवादी’ अस्वीकार गर्नुभएको छ ।
पाँचथरमा भरुवा बन्दुक बोकेर छिमेकीसँग जङ्गल गएका एक युवकको मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।