पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।
गाउँलेले चन्दा उठाएर खोटाङको कालिका आधारभूत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ ।
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ ।
महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले शुक्रबार प्रदेश प्रमुखसमक्ष सातौं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताउनुभएको छ । उहाँले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताउनुभयो ।
कैलालीको घोडाघोडीमा शुक्रबार बिहान चलेको हावाहुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे चलेको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख ढल्दा घोडाघोेडी नगरपालिका– १ सुन्दर टोल बस्ने कर्णबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबिच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।
नवलपरासी पश्चिममा नापनक्सा भएको अन्ठाउन्न वर्षपछि पुनः नाप नक्सा कार्य सुरु भएको छ ।
न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरेको छ । देशभर गर्मी बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका खच्चड व्यवसायी माइकल परियार धौलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतीपूर्तीको पखाईमा बसेको तीन वर्ष बित्यो ।
माता पार्वतीको जन्मस्थानको रूपमा रहेको पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङमा रहेको पार्वती गुफाको जिर्णोद्वार भएसँगै धर्मावलम्वीको आकर्षण बढ्न थालेको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।