हुम्ला समाचारदाता
हुम्ला, असोज २२ गते । हुम्ला जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा ढलसहित सडकको आरसिसी ढुलान सुरु गरिएको छ । यसअघि गरिएको ढलान साँघुरो र पुरानो भई जीर्ण भएकाले नयाँ ढलसहितको छ मिटर चौडा सडकलाई आरसिसी ढलान भइरहेको हो । सदरमुकामको तल्लो बजारस्थित धुपी रुखबाट महिला फेडर छात्रावाससम्मको सडकमा ढलसहित सडकलाई आरसिसी ढलान सुरु भएको सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले बताउनुभयो ।
यसअघि पनि तीन मिटर सडकमा सो आरसिसी ढलान गरिएको र उक्त सडक जीर्ण भएको थियो । उक्त सडकमा ढलसमेत निर्माण गरिएको थिएन । यातायातका साधनभन्दा पनि मानिसलाई हिँडडुल गर्न सहज होस् भन्नका लागि सो सडकमा आरसिसी ढलान गरिएको हुँदा एउटा मात्र यातायातको साधन गुड्न मिल्थ्यो । यो समस्या देखिएपछि कार्यालयले छ मिटर चौडा सडकलाई आरसिसी ढलान गर्ने र एक साइटमा ढलको समेत निर्माण सुरु गरेको उहाँले बताउनुभयो ।