सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताउनुभएको हो ।
‘जेसुम यात्रा’ नामक अभियानको पछिल्लो श्रृङ्खला भक्तपुरस्थित मध्यपुर थिमीमा सम्पन्न भएको छ ।
नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
कवि सूर्यप्रसाद लाकोजूका कविताहरूको गहन विश्लेषण समेटिएको समालोचनात्मक कृति ‘सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण’ को लोकार्पण भएको छ ।
नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘सी’ डिभिजनमा घटुवा भएको छ ।
उखु खेतमा मृत भेटिएका सर्लाहीको किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको हत्या भएको परिवारले दाबी गरेको छ । चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द ईश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा मङ्गलबार मृत भेटिनुुभएको थियो ।
मुस्ताङको जोमसोमबाट उपल्लो मुस्ताङ्ग जाने क्रममा स्याङबोचे–चराङ सडकखण्डबाट देखिएको पर्वतीय दृश्य ।
प्रहरी महानिरीक्षक दीपक थापाले कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। बिहीबार नवनिर्मित भवनको उद्घाटन गर्न धनकुटामा आइपुग्नु भएका प्रहरी महानिरीक्षक थापाले यस्तो निर्देशन दिनुभएको हो।
सुर्खेत कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।
सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्व र अन्य दलको सहयोगमा बनेको सरकारले नेपाली जनतामा आशा जगाएको बताउनुभयो ।
तनहुँको पुरानो सदरमुकाम बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा एक वर्ष अघिदेखि बन्द भएको भिडियो एक्सरे सेवा पुनः सुरु भएको छ । रेडियोलोजिस्टले पारिश्रामिकको भुक्तानी नपाएर सेवा रोकिएको थियो ।
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका राजु दर्जीले तीन वर्ष आमाको उपचार गर्दा २० लाख सक्नुभयो । आमा ६५ वर्षीया आशादेवी दर्जी मिर्गौला, क्यान्सर र पायल्सले पीडित हुनुहुन्छ । उहाँको दुई वर्ष बुटवल र अहिले तम्घासमा हप्तामा तीन दिन डाइलासिस भइरहेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, गोदारमा रहेको सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको रकम फिर्ता गर्न आलटाल गरेको आरोप लाइएको छ ।
ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।