कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन (नेबाए) ले वैधानिक संयन्त्र बाहिरबाट न्यायपालिकालाई भय र त्रासमा राखी निर्देशित न्यायालय सञ्चालन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
गुल्मीको धुर्कोट कोतमा कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको ऎतिहासिक सरायँ नाचमा जमराको माला लगाएर सरायँ नाच्दै पाका उमेरका व्यक्तिहरु । मंगलबार धुर्कोट गाउँपालिकाले सरायँ हेर्नका लागि सार्वजनिक बिदा समेत दिएको थियो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना नाबालकसहित २० जना घाइते भएका छन् ।
जापानिज इन्सेफलाइटिस को सङ्क्रमणबाट पुसयता २९ जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भदौ २४ गतेको आन्दोलनमा महानगर दायित्त्वबाट पछाडि नहटेको प्रष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ।
गएको शनिबार रातिको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सामा पूर्व–पश्चिम हुलाकी सडक बगाएपछि बाँस र पटाको लच्का बनाइएको छ ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले विद्यालय भर्ना गर्नु अगाडि बालबालिकाको आँखाको दृष्टि जाँच गर्न सुझाव दिनुभएको छ।
काठमाडौँ महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता असोज २५ देखि २९ गतेसम्म हुने भएको छ ।
इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् ।
जाजरकोटमा नेपाली सेनाको हेलिकाेप्टरमार्फत एक गम्भीर घाइतेको उद्धार गरिएको छ । रुकुमपश्चिम सानीभेरी गाउँपालिका –४ घर भई हाल जाजरकोट भेरी नगरपालिका –१ रिम्नामा बिसि फर्निचर उद्योगका सञ्चालक ५४ बर्षीय नन्दराम बुढालाई उद्धार गरिएको हो ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ।
पोखराको सहिदचोकमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव-प्रेरित जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।