• २१ असोज २०८२, मङ्गलबार

बालबालिका विद्यालय पठाउनु अगाडि आँखा जाँच गर्न डा. रुइतको सुझाव

blog

डा. सन्दुक रुइत । फाइल तस्बिर

काठमाडौँ, असोज २१ गते। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले विद्यालय भर्ना गर्नु अगाडि बालबालिकाको आँखाको दृष्टि जाँच गर्न सुझाव दिनुभएको छ। 

विश्व दृष्टि दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै डा. रुइतले अभिभावकलाई यस्तो सुझाव दिनुभएको हो। 

‘बालबालिकालाई विद्यालय भर्ना गर्नुभन्दा अगाडि एक पटक आँखा जाँच गराउँदा कुनै समस्या पुष्टि भएमा अधिकांश समस्या निको बनाउन सकिन्छ’, उहाँले भन्नुभएको छ, ‘कुनै पनि दीर्घ स्वास्थ्य समस्या भएका बिरामीलाई नियमित आँखा जाँच गराउँन सुझाव दिन्छु।’ 

उहाँले विशेषगरी, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ स्वास्थ्य समस्या भएका बिरामीलाई नियमित आँखा जाँच गर्न सुझाव दिनुभएको छ। मधुमेह भएका बिरामीले नियमित आँखा फुलाएर हेर्न उहाँको सुझाव छ। 

केमिकल उद्योग, कृषि पेसा गर्ने, प्रदूषणमा काम गर्नेलाई आँखा जोगाउने उपाय अपनाउन उहाँको अनुरोध छ। काम गर्ने गर्ने क्रममा यदि कुनै पनि केमिकल आँखामा परेमा तत्कालै सफा पानीले आँखा धुन उहाँले आग्रह गर्नुभयो। आँखामा चोट लागेमा तुरुन्त आँखा केन्द्रमा गई आँखा जाँच गर्न उहाँको सुझाव छ।