महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ। अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो एक महिनामा झण्डै ६१ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनामा ६० लाख ९० हजार आठसय रुपियाँ भेटी सङ्कलन भएको हो ।
बाँकेमा शिशु मृत्युदर उच्च रहेको जनाउँदै सो घटाउनका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।
बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ। जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो।
काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।
तीनै तहका सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा बालबालिकाको अधिकार समावेश गर्न सरोकार पक्षले माग गरेका छन् ।
मोरक्कोको राजधानी राबतमा मङ्गलबार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड–२०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्वय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा पत्रकारमाथि प्रश्न उठेको बताउनुभएको छ। बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ ।
नेपालगञ्ज उपहानगरका घोडा, खच्चड र गधा (अश्व प्रजाति) पालक किसानसँगको प्रतिजैविक प्रतिरोध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
शान्तिका लागि देशभर साइकल तथा पैदल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका –८ दाम्राभिट्टा मोरङका ७२ वर्षिय रामभक्त कौडिण्य प्याकुरेल दैलेख सदरमुकाम आइपुग्नुुभएको छ ।
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सूचना प्रविधिको युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कोतर्फ सेवा प्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताउनुभएको छ।
शौचालयमा जन्माएको शिशु मृत भेटिएपछि पाँचथरको फिदिममा प्रहरीले कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई पक्राउ गरेको छ ।