बाढी पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण सुरु भएको छ ।
झापामा बाढीका कारण सबैभन्दा बढी प्रभावित र विस्थापित बनेको झापा गाउँपालिकाका बाढी पीडितलाई खाद्यान्न राहतको आवश्यकता टड्कारो देखिएको भन्दै त्यो जुटाउन सुरु गरिएको छ ।
शनिबार रातिदेखि परेको अविरल वर्षाले अवरुद्ध भएको भेडेटार रवि-राँके सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
बाढीले डाइभर्सन र बाटो बगाएको पाँचथरस्थित फिदिम फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मि खण्डको सडकमा खसेको पहिरोले थुपारेको माटो र लेदो पन्छाएर मङ्गलबार बिहानदेखि यातायात सेवा सुचारु गरिएको छ ।
ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र दोभान जोड्ने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो ।
चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ ।
नवलपुर सदरमुकाम कावासोती–१, लोकाहा ओरालोमा गुणस्तर मापदण्ड विपरित बनाइएको सडक ठेकेदार कम्पनीले पुनः ढलान गरेको छ ।
झापाको दमकमा एक नाबालक सुतेकै ठाउँमा मङ्गलबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा –५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ।
यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई एक करोड पचास लाख रुपियाँ सहयोग गरेको छ।
खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।