यस वर्षको नोबेल साहित्य पुरस्कारका लागि स्विस उत्तरआधुनिकतावादी उपन्यासकार क्रिश्चियन क्राच, अस्ट्रेलियाका जेराल्ड मुर्नाने र एलेक्सिस राइटलाई प्रमुख मनपर्नेका रूपमा हेरिएको विज्ञहरूले स्विडेनी एकेडेमीको बहुप्रतिक्षित बिहीबार हुने घोषणाको पूर्वसन्ध्यामा बताएका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मङ्गलबार भियतनाम प्रस्थान गरेको छ ।
देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने कर घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुनः वासिङ्टन भ्रमण गर्न लाग्नु भएको छ ।
चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।
जिल्ला कारागार पश्चिम नवलपरासीबाट भागेका दुईसय ६० जना कैदीबन्दी अझै पनि कारागार फर्किएका छैनन् । हालसम्म ३५ जना महिलासहित २ सय ८६ जना कैदीबन्दी कारागार फर्किएका छन् । ४० जना महिलासहित दुईसय ६० जना कैदीबन्दी अझै कारागार बाहिर रहेका छन् ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । वडा –२ को मेवामा गएराति शव भेटिएको हो । मेवाको भिरमा भर्खरै जन्मिएजस्तो देखिने बालकको शव भेटिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका कप्तान इन्दु बर्मा टी–२० मा एक हजार रन पूरा गर्ने पहिलो महिला क्रिकेटर बन्नुभएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा लमजुङको भुजुङ क्षेत्रमा थप नयाँ प्रजातिको सुनाखरी भेटिएको हो ।
राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारी साधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो ।
कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास ९सङ्घ० र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो ।
जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरुले सरकार तथा अख्तियारमा गएर लिखित रुपमा सो माग गरेका हुन् ।
रौतहटको देवाही गोनाही नगरपालिका–६ मा मङ्गलबार दुई बालिकाको शव भेटिएको छ।खेतको पानी बग्ने भंगालोमा मंगलबार दुई बालिकाको शव फेला परेको हो।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक सिंहदरबारमा बसिरहेको छ ।
बाढी पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण सुरु भएको छ ।