काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा केही दिनअघिको मनसुनजन्य विपदको खोज, उद्धार र राहतबारेमा केन्द्रित हुने जानकारी परिषद्का प्रवक्ता शान्ति महतले दिनुभयो । साथै बैठकले आवास विहीनहरूका लागि अस्थायी आवास निर्माणका लागि के कति राहत दिनेसम्बन्धी निर्णय गर्ने सम्भावना रहेको छ ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत हुनुहुन्छ । बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने जानकारी दिइएको छ ।