प्रवीणकुमार शर्मा
रौतहट, असोज २१ गते। रौतहटको देवाही गोनाही नगरपालिका–६ मा मङ्गलबार दुई बालिकाको शव भेटिएको छ।खेतको पानी बग्ने भँगालोमा मङ्गलबार दुई बालिकाको शव फेला परेको हो।
देवाही गोनाही नगरपालिका–६ का रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी मृत फेला परेको जिल्ला प्रहरीले कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।
सोमबार पानीमा नुहाउने क्रममा पानीमा डुबेर आरती र अन्तिमा हराएका थिए।सोमबार घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको थियो।