प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ ।
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए ।
घोराहीमा ६ महिनादेखि ५ वर्ष सम्मका २६२ जना बालबालिकालाई मध्यम कुपोषण देखापरेको छ । घोराही उपमहानगरकाका सबै वडामा ११ हजार १ सय ५९ जना बालबालिकाको पोषण जाँच गर्दा २६२ जनालाई मध्य शिघ्र कुपोषण र ५ जना कडा शिघ्र कुपोण भेटिएको बेस नेपालका पोषणमार्फत जीवन रुपान्तरण परियोजनाका संयोजक सुरेश चौधरीले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ सहिद स्मारकमा अरिङगालको टोकाइबाट आठ जना घाइते भएका छन् । मङ्गलबार बिहान कुल पूजाका लागि घरनजिक रहेको स्मारक जङ्गलमा (सहिद स्मारक पार्कभन्दा बाहिर) आगो बाल्ने क्रममा अरिङ्गालले टोक्दा उहाँहरु घाइते हुनुभएको हो ।
राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको छ ।
समुदाय तथा विद्यार्थीको स्वास्थ्य प्रवर्धनमा उत्कृष्ट योगदान पुर्याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टिल ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बतानुभएको छ ।
मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।
नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदै छ ।