अनेक प्राकृतिक प्रकोप संसारभर नै हुन्छ । नेपालले पनि भोगिरहेको छ । प्रकोपमा जनधनको क्षति न्यून गर्नु राज्य र समाजको मुख्य कर्तव्य हो । सरकार र सम्बद्ध निकाय सचेत हुन सक्दा जनधनको क्षति न्यून हुने मान्यता छ ।
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् ।
नेपालमा २०१३ सालमा योजनाबद्ध विकासको थालनी भयो । पहिलो योजना सुरु गर्दा उत्पादनमा वृद्धि र बेरोजगारलाई काम दिने उद्देश्य राखियो । योजनाले उत्पादन बढाउन वैज्ञानिक ज्ञान र औजारको प्रयोग गर्ने तरिका सुझायो ।
दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उहाँका ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।
बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो ।
गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
त्रेता युगमा जन्मेका खुङ्खार डाँकु रत्नाकरको एक दिन नारदमुनिसँग बाटोमा जम्काभेट हुन्छ । आफूलाई लुट्ने बेला नारदमुनिले रत्नाकरलाई एउटा प्रश्न गर्छन् । के तिम्रो परिवारले तिमीले लुट्ने क्रममा गरेका हत्या, हिंसाबाट लाग्ने पापमा
सप्तरीको कञ्चनरुप नगरपालिकामा वेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। नगरपालिकाको वडा नम्बर ५ पथरीस्थित त्रियुया नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको हो।
मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
पञ्चायतकालदेखि हालसम्म हेर्दा नेपालको राजनीतिक यात्रामा सत्तामा पुग्नासाथ मन्त्रीहरू ‘लोकप्रियतावाद’ को प्रलोभनमा फसेको इतिहास छ । भाषण, घोषणा र आकर्षक नारा दिएर नागरिकलाई रनभुल्लमा पारेर ललिपल खुवाउन खोज्ने प्रवृत्ति हाबी छ । यस्ता चटके बोलीले उनीहरू क्षणिक ताली त पाउँछन्, दीर्घकालीन परिणाम दिन सक्दैनन् । विगतदेखि नै नेपाली नागरिक शासकबाट यस्तै फोस्रा र चटके कुराबाट पीडित छन् ।
आफ्नो देश वा थातथलो छाडी अन्य देश वा देशभित्रै अन्यत्र गई रोजगारी गर्ने श्रमिकलाई आप्रवासी श्रमिक भनिन्छ । यस्ता श्रमिक वैदेशिक रोजगारीमा रहँदा पनि हरेक व्यक्ति र तिनका परिवार आधारभूत मानव अधिकार र श्रम अधिकारका हकदार रहन्छन् ।
यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा वर्षापछिको बाढीका पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । क्षतिको यकिन विवरणका लागि उद्योगी–व्यवसायीका छाता संस्थाले सोमबारदेखि डुबानग्रस्त उद्योगको निरीक्षण सुरु गरेका हुन् ।