बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।
वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।
पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमाको विश्वसनीयता बढाउने गरी काम गर्न बिमा कम्पनीहरूसँग आग्रह गर्नुभएको छ ।
कोशी प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो कार्यकालका लागि नियुक्त भई शपथ लिनुभएको वैशाख २८ गते एक वर्ष पूरा भएको छ । वैशाख २७ गते नेकपा (माओवादी केन्द्र) सँग
म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ ।
वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।
यामराज विष्टदैलेख, वैशाख ३१ गते । शान्तिका लागि देशभर साइकल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका – ८ दाम्राभिट्टा मोरङका ७२ वर्षीय रामभक्त कौडिन्य प्याकुरेल दैलेख सदरमुकाम पुग्नुभएको छ । आत्मा शान्ति र राष्ट्र शान्तिका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकलद्वारा यात्रा गर्ने क्रममा उहाँ दैलेख सदरमुकाम आई पुग्नु भएको हो ।२०७८साल मङ्सिर ९ग ते देखि स्थानीय तहमा भेटघाट गर्दै करिब तीन वर्ष यता देखी साइकल तथा पैदल यात्रा गरेर दैलेख आई पुगेको उहाँले बताउनुभयो । मोरङबाट सुरु गरिएको यात्रा अहिले सम्म ७सय३४स्थानीय तहमा पुगिसकेको उहाँको भनाई छ । “जसरी भगवान् बुद्धले विश्वभर बुद्ध सन्देश फैलाउनुभएको थियो । आफूले पनि त्यसैगरि शान्ति लागी सन्देश फैलाउने “उहाँले भन्नुभयो ।कतिपय ठाउँमा साइकल गुडाउन गाह्रो भएपछि साइकल हातमा डोयाउनु पर्ने बाध्यता समेत रहेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय स्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन आफूले पैदल तथा साइकल यात्रा गरेको बताउनुभयो । पछिल्लो समयमा देशमा नागरिकहरू अशान्ति पूर्ण तरिकाले जिउन बाध्य भइरहेको बेला सबैको मनमा शान्ति फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको प्याकुरेलको भनाई छ ।उहाँका अनुसार मसान्त सम्म आफूले ७सय५३ स्थानीय तहमा साइकल तथा पैदल यात्रा गरी सक्ने जानकारी दिनुभएको छ ।
यो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । सरकार, निजी क्षेत्र र नागरिकको संयुक्त पहलमा प्रारम्भ गरिएको पर्यटन वर्षले आगामी दि
राजन रावत हुम्ला वैशाख ३१ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौडा सडक मङ्गलवारबाट सुचारु भएको छ । माथिल्लो हुम्लाका तीन वटा गाउँपालिकाका लागि विकास निर्माणका सामाग्री ढुवानी गर्न र यात्रुहरूलाई सहजताका लागि सेना निर्माण कार्य रोकेर सडक सुचारु गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जेठ ३ गतेसम्म बोक्चे गौडामा सडक स्तरोन्नतिको कार्य रोकेर यातायात सेवा सुचारु गरिएको बताउनुभयो । आर्थिक वर्षको अन्तिम अन्तिम समय भएको कारण विकास निर्माणका सामाग्री भित्र्याउन, व्यापारीको सामान ढुवानी गर्न र सुर्खेत तथा नेपालगन्ज जाने यात्रुहरूको सहजताका लागि सडक खुलाइएको उहाँले बताउनुभयो । यातायातका साधन सो खण्डमा सुचारु भएका हुन । बन्द गरिएको सडक सुचारु भएपछि पहिलो दिन तीस वटा ट्रक तथा बोलेरो जिप खार्पुनाथ र सिमिकोटतर्फ आउन पाएका छन् । यात्रुका साथ व्यापारीको सामान र विकास निर्माणको सामान समेत भित्रिएको छ । उहाँले सबै सरकारी कार्यालय, उपभोक्ता, निर्माण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सडक सुचारु हुने अवधिको भरपुर उपयोग गर्न समेत आग्रह गर्नुभयो । बोक्चे गौडा, भिगौडा र याङ्चुकुनामा हाल काम गरी रहेको नेपाली सेना विकास निर्माण दलका गुल्मपति अमृत पराजुलीले सडक निर्माणको कार्य रोकेर यातायात सुचारु गरिएको बताउनुभयो । सेनाले सो खण्डको आठ सय मिटर चट्टानी भीरमा सडकको स्तरोन्नती गर्ने कार्य गरी रहेको छ । सेनाले चैत २५ गतेबाट काम सुरु गरेको थियो भने यसअघि वैशाख १० गतेदेखि १३ गतेसम्म पनि सडक निर्माण कार्य रोकेर यातायात सेवा सुचारु गरिएको थियो । सेनाले आगामी असार भित्र यो सडक र खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रीज निर्माण गरी सक्नु पर्नेछ ।
पूर्वी नेपालको सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बन्दै आएको छ । जैविक विविधताले भरिपूर्ण आ
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा अझै नाम टुङ्गो लगाउन सकेका छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई जिम्मेवारी दिइएको भए पनि नाम सहमति हुन नसकेको हो ।
कोशी प्रदेशको पहाडी जिल्ला पाँचथरमा निर्माणका लागि प्रस्ताव गरिएको ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना कार्यान्वयनमा आए पूर्वी क्षेत्रको विकासका थप स
विवाहमा गीत गाएर मस्त मनोरञ्जन गरिरहनु भएका दुई जना महिलाको मङ्गलबार राति ८ बजे करेन्ट लागेर मृत्यु भएको छ ।