कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भन्दै बर्सेनि लाखौँ रुपियाँ खर्च गरे पनि चौपायाको उचित व्यवस्थापन भने हुन सकेको छैन । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा चौपाया हेरालाको ज्याला, घाँस, पराल तथा दाना र संरचना निर्माणमा झन्डै एक करोड रुपियाँ खर्च गरेको हो ।
चितवन माडी नगरवासीले विगत नौ वर्षदेखि विद्युत्को समस्या भोग्दै आएका छन् । अन्य स्थानमा सामान्य बनेको विद्युत् सेवा माडीवासीका लागि सधैँ कष्टकर हुदँै आएको छ ।
यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेषगरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् ।
सप्तरीको खड्क नगरपालिकामा पिकअप गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका वडा १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो।
कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो ।
पूर्वी मकवानपुरको बागमतीमा विद्युतीय गाडी (इभी) र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।
गत शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि सर्दु–सेरा खोलामा आएको बाढीका कारण रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्ममा क्षति पुगेको छ ।
सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ ।
अनेक प्राकृतिक प्रकोप संसारभर नै हुन्छ । नेपालले पनि भोगिरहेको छ । प्रकोपमा जनधनको क्षति न्यून गर्नु राज्य र समाजको मुख्य कर्तव्य हो । सरकार र सम्बद्ध निकाय सचेत हुन सक्दा जनधनको क्षति न्यून हुने मान्यता छ ।
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा गरेका छन् ।
नेपालमा २०१३ सालमा योजनाबद्ध विकासको थालनी भयो । पहिलो योजना सुरु गर्दा उत्पादनमा वृद्धि र बेरोजगारलाई काम दिने उद्देश्य राखियो । योजनाले उत्पादन बढाउन वैज्ञानिक ज्ञान र औजारको प्रयोग गर्ने तरिका सुझायो ।
दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उहाँका ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।