गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि दलहरूबिच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबिच नयाँ सरकार निर्माणका लागि सहकार्यका सन्दर्भमा छलफल भएको हो ।
अध्यक्ष ठाकुरले भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारी अनुसार छलफल थालिएको हो तर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग मागेको छ । छलफल चलिरहेको छ ।”
मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा कायम रहेको १०७ सदस्य सङ्ख्यामध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । दलहरू आफ्नो पक्षमा बहुमत पु¥याएर नयाँ सरकार बनाउने प्रयासमा छन् ।