गुल्मीमा एक हप्ताको समय अवधिमा र २२३ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म २२३ जनाको राहदानीका लागि आवेदन संकलन भएको हो ।
हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले आज भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
बर्दियामा मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका-५, नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ ।
नवलपुरको देवचुली नगरपालिकाका भूमिहीन सुकुम्वासीहरूले पालिका भित्र रहेका पाँच वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् ।
पाँचथर जिल्लामा ६६ हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको सुई लगाइने भएको छ । विशेषतः दुध उत्पादनका लागि पालिएका गाई भैँसी र चौंरीलाई खोप लगाइने भएको हो ।
नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१, छोसेरस्थित नेचुङमा अध्यागमन (इमिग्रेसन) कार्यालय स्थापना भएको एक वर्षपछि पहिलोपटक कोरला नाकाबाट मुस्ताङका १३ जना जनप्रतिनिधि चीन भ्रमणमा निस्किएका छन् ।
गोरखामा केहि दिन अघि परेको बेमौसमी वर्षाले किसानको मेहेनत र पसिनामा ठुलो क्षति पु–याएको छ ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको स्वर, संंगीत र अभिनय रहेको राष्ट्रभक्ति भिडियो गीत सार्वजनिक भएको छ ।
लहान नगरपालिका–३ मा नौ करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । लहानका प्रतिष्ठित उद्योगपति मुरारका परिवार अभिनव मुरारकाले नौ करोडको लगानीमा १३८ जनाले हेर्न सक्ने सिनेमाहल निर्माण भएको जानकारी दिनुभयो ।
मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लैजानुभयो ।
चकमन्न रातको समय । बिरानो मुलुकको बसाइ । छोराछोरी र दम्पती गरी चार जनाको परिवार । मुलुकबाहिरको बसाइ त्यति सजिलो कहाँ हुन्छ र ? सबै कुरा खोज्न र बेसाउनै पर्छ । आफ्नो चिज र आफ्नोपन भन्ने नै केही हुँदो रहेनछ मुलुकबाहिर ।