• २२ कात्तिक २०८२, शनिबार

मकवानपुरगढीमा बाघ आतङ्क : दुई वटा बाख्रा खायो

blog

मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेगमा बाघले मारेको बाख्रा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, कात्तिक २२ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका-५, नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोस्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेको/खाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् । केहीको फरकमा बाघले पाँच वटा बोकाबाख्राको मारेपछि स्थानीय त्रसित भएका थिए ।