तनहुँको व्यास नगरपालिका–५, मानुङकोट जाने सडकबाट शनिबार देखिएको कुहिरो र कुहिरोभित्रको पतेनी गाउँ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिक –१ सामागाउँमा अबस्थित बिरेन्द्र ताल आन्तिरिक तथा बाह्रय पर्यटकहरुको प्रमुख आकर्षण बन्दै गएको छ ।
शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग.३ च. ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।
महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका-९, बथनाहाको छठु महतोको घर र टोलमा अहिले खुसियाली छाएको छ । मरिसकेको भनेर सम्झिएका छोरा एक्कासी तीन वर्षपछि घर फर्किएपछि घर र टोलमा खुशियाली देखिएको हो ।
हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबिचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ ।
निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक भएपछि स्पेनमा उहाँको राजनीतिक विरासत र दिवङ्गत तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोसँगको सम्बन्धबारे व्यापक बहस सुरु भएको छ ।
पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ ।
थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएट प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा. रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोटिनयुक्त खाद्य सुरक्षामा सहयोग गर्नुका साथै युवा पङ्क्तिलाई ठुलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताउनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा बारीभरि फुलेको तोरीले गाउँ नै पहेँलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँको सुन्दरता बढेको छ ।
दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबिचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ ।
जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका –६ केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् ।
अमेरिकी सङ्घीय सरकारको बन्द (सटडाउन) का कारण जारी आर्थिक सङ्कटबिच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।
गएको कात्तिक १६ गते मुस्ताङ हुँदै डोल्पा घुम्न गएर फर्किएका दुई स्वदेशी पर्यटक डोल्पाको छार्काताङ्सोङ गाउँपालिका–१, मुलुङ भन्ने स्थानबाट सम्पर्कविहीन भएको खवर आएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सुरक्षा समितिमा छलफल गरेको छ ।