कात्तिक २५ गते (नोभेम्बर ११) बिहार विधानसभाका लागि हुने दोस्रो चरणको निर्वाचनका लागि भारतको बिहार राज्यसँग जोडिएका नेपाली सीमा नाकाहरु शनिबार साँझ ६ बजेदेखि मङ्गलबार साँझ निर्वाचन सम्पन्न नसकिँदासम्म बन्द हुने भएको छ ।
भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन् ।
रामग्रामका विभिन्न पूर्वाधार विकासमा सहयोग गर्दै आएको दातृ निकाय विश्व बैंकले रामग्राम स्तुप क्षेत्रको प्रवर्धनमा चासो देखाएको छ ।
मानिसको यात्रा न कहिल्यै टुङ्गिन्छ, न त गन्तव्यमै पुगिन्छ । आजको यात्रा सकिएको भोलिपल्टै फेरि सुरु भइहाल्छ अर्को दिनको अर्कै यात्रा । अनि त्यो यात्राले ताक्छ फेरि नयाँ गन्तव्य । यस्तै अनन्त भएरै होला जीवनलाई यात्रा भनिएको । कहिल्यै सकिँदैन यात्रा र
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वैदिक सनातन धार्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ ।
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ ।
गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू मुख्यमन्त्री भएपछि वित्तीय हस्तान्तरण १५ प्रतिशतसम्म पुगेको बताउनुभएको छ । शुक्रबार डडेलधुराको अमरगढी नगरपालिकाको सभा हलमा यहाँका पालिका प्रमुख एवं कार्यालय प्रमुखसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले पहिले वित्तीय हस्तान्तरण दुई प्रतिशत मात्रै भएको उल्लेख गर्दै आफूले बढाएको दाबी गर्नुभयो ।
यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कर्णाली प्रदेश सरकारले सुशासन कायम गर्न ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याएको छ । मुख्यमन्त्री र जनताबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको हो ।
लमजुङमा गएराति बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार एक जना घाइते भएका छन् ।
आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्ने करिब निश्चित भएको छ । निर्माणको जिम्मा पाएको एनएचपिसी कम्पनी लिमिटेडले बिहीबार प्रभावित क्षेत्र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयसँग वातावरणीय प्रभाव मूल्याङ्कन मसौदामाथि सार्वजनिक सुनुवाइ गरेको छ । प्रारम्भिक अध्ययन र स्थानीयका अनुसार बैतडी, डोटी, डडेलधुरा र बझाङ गरेर चार जिल्लाका तीन हजार ३१ परिवार विस्थापित हुने देखिएको छ ।