शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाधर वली
घोराही, कात्तिक २२ गते । दाङको घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा बारीभरि फुलेको तोरीले गाउँ नै पहेँलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँको सुन्दरता बढेको छ ।
घोराही–तुलसीपुर सडकको छेउमा रहेको उत्तर अम्राई गाउँ अहिले बाारीभरी फुलेको पहलै तोरीका कारण पहेँलपुर देखिने गरेको छ । तोरी फुलेपछि खेतबारीको दृश्य समेत मनमोहक देखिएको छ ।
राम्रो तोरी उत्पादन हुने र बिक्री गर्दा आर्थिक रूपमा फाइदा समेत लिन सकिने भएपछि जिल्लामा पछिल्लो समय तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा १६ हजार ६ सय बढी हेक्टर जमिनमा तोरी खेती हुनेगरेको छ ।