गुणबहादुर रोका
सुलीकोट, कात्तिक २२ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिक –१ सामागाउँमा अबस्थित बिरेन्द्र ताल आन्तिरिक तथा बाह्रय पर्यटकहरुको प्रमुख आकर्षण बन्दै गएको छ ।
समुन्द्री सतह देखि झण्डै ३ हजार ६ सय मिटर उचाईमा अबस्थित बिरेन्द्र ताल हिमालको काखमा फुलिएको नीलो रत्न झै भएकाले पनि प्रमुख आकर्षण गन्त्वय बन्दै गएको हो ।
मनास्लु हिमालको सुन्दर प्रतिबिम्बले झल्किने यो ताल केबल प्राकृतिक सौन्दर्यको प्रतिक मात्र नभई धार्मिक आस्था र पर्यटकिय सम्भाबनाको केन्द्र भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
तत्कालिन राजा बिरेन्द्रको नाममा नामकरण गरिएको बिरेन्द्र तालले सामागाउँको गौरब बढाएको छ, पालिका अध्यक्ष लामाले भन्नुभयो, ‘बिरेन्द्र तालको चहकिलो पानी, वरीपरी फिजिएका हिमालका हिमशिखर र स्वच्छ हाबाले बिरेन्द्र ताल आउने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।’
बिशेष गरी उत्तरी गोरखा बसन्त र शरद ऋतुमा यहाँ पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । तालको वरीपरी यार्सा गुम्बा, जडीबुवडी र दुर्लभ जैबिक प्रजातिहरु पाईने भएकाले यो क्षेत्र जौबिक बिबिधताका दृष्ट्रिले पनि अत्यन्त महत्वपुर्ण मानिन्छ ।
सामागाउँको बिरेन्द्र ताल केबल प्राकृतिक सम्पदा होईन, अध्यक्ष लामाले भन्नुभयो, ‘सिंगो नेपालको सास्कृतिक पहिचान भएकाले प्रत्योक बर्ष बिरेन्द्र तालमा मंसिर महिनामा पुजा, प्राथना र धार्मिक केन्द्र तथा बौद्ध समुदायको लागि यो ताल श्रद्धा र आत्मिक शान्तिको प्रतिको रुपमा लिने गरिएको छ ।’
उत्तरी गोरखाका पर्यटकिय स्थल लार्केपास, मनास्लु हिमाल चीनको सिमानामा रहेका पाङबारी हिमाल आरोहणका लागि आएका पर्यटक मनास्लु पदमार्ग हुदै सामागाउँ पुगेर बिरेन्द्र तालको मनमोहक दृश्य अबलोकन गर्न रुचाउने गरेका गाउँपालिकाले जनाएको छ ।
पर्यटन प्रबद्धनको हिसाबले बिरेन्द्र ताल ठुलो सम्भाबना बोकेको ताल हो । जसले गर्दा उचित प्रचार प्रसार र पुर्बाधार बिकास गरियो भने यो ताल नेपालको प्रमुख पर्यटकिय गन्त्वयहरु मध्ये एक बन्ने सामागाउँका स्थानिय तेञ्जिङ फुेर्जे लामाको भनाई छ ।
बिरेन्द्र ताल सरसफाई संरक्षणको लागि स्थानिय बासिन्दा, वडा कार्यालय र चुमनुबी गाउँपालिकाको सयुक्त समन्वयमा सरक्षण अभियान गरी बिरेन्द्र तालको संरक्षण गर्न लागि परेका स्थानियहरुले बताएका छन् ।
बिरेन्द्र ताल केबल एक पानीको स्रोत होईन, यो सामागाउँको आत्म हो, ताल सास्कृतिक सुगन्ध र प्रकृतिको अपुर्ब लयले गुञ्जिएको एक जिबित सौन्दर्य भएकाले यसको सरक्षण, सम्मान र प्रबद्र्धन गर्न सके उत्तरी गोरखाले प्रचुर मात्रामा फाईदा लिन सक्ने स्थानिय फुर्जे लामाले बताउनुभयो ।’