आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको समस्या समाधान हुने भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न पेसागत सङ्घ संस्थाबिच भएको वार्तापछि तीनबुँदे सहमति भएको छ ।
नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागका सदस्य र प्रदेश सम्पर्क व्यक्ति तोकेको छ । संयोजक रक्षा बमका अनुसार जेनजी विद्रोहलाई संस्थागत गर्ने र जेनजी अभियानप्रति शुभेच्छा र सद्भाव राख्नेलाई सङ्गठित गराउने प्रयासस्वरूप फ्रन्टलाई विस्तार गरिएको हो ।
हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो पराहिमालय सञ्चार तथा सामाजिक सङ्गोष्ठी सम्पन्न भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ । रन–वे किनारका बत्तीमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि अर्को सूचना नआउँदासम्म उडान तथा अवतरण प्रभावित भएको हो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ।
नागरिक अगुवा तथा विश्लेषकहरुले थारू समुदायले खोजेको न्याय मागेर नपाइने हुनाले संघर्षमार्फत माग सुनिश्चित् गर्नेतर्फ लाग्न सुझाएका छन् । थारू नागरिक अभियानले शनिबार यहाँ आयोजना गरेको संवाद कार्यक्रममा वक्ताहरुले सो सुझाब दिएका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –५ मा पहाडमा खोपिएको आकर्षक गुफा । नेपालको दक्षिण सीमा भारत र उत्तरी सीमा चीनलाई जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत चराङ–लोमान्थाङ सडकबाट देखिने यस गुफा १५ औ शताब्दीमा निर्मित भए पनि संरक्षणको अभावमा ओझेलमा छ ।
कानुन कार्यान्वयन र अपराध नियन्त्रणको अलावा सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा बेसहारा गरिव नागरिकको घर तथा सार्वजनिक काठेपुल निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिकहरुसँग सहकार्य गर्दै हालसम्म गरिब र बेसहारा परिवारका लागि चार वटा घर, विभिन्न नदी तथा खोलामा सातवटा काठे पुल निर्माण गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विकासमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।
उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउन नियोजित रुपमा सूचना तथा समाचार सम्प्रेषण गरिएको भन्दै यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ ।