आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का सभापति एवम् वृन्दावन नगरपालिका रौतहटका पूर्व नगर प्रमुख राम स्नेही राय यादवले वृन्दावन नगरपालिकामा एउटै कर्मचारीलाई बारम्बार प्रमुख प्रशासकीय अधिकृतको रुपमा नपठाउन माग गर्नुभएको छ ।
बढ्दो सवारी चापलाई व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारले ‘कर्णाली बसपार्क योजना’ आर्थिक वर्ष २०७९/८० मा अघि बढायो । योजना कार्यान्वयन भएन, कागजमै सीमित बन्यो । आवश्यक बजेटको व्यवस्थापन गरिएको भए पनि योजना कार्यान्वयन हुन सकेन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका लागि जुम्लामा तयारी थालिएको छ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्ने उद्देश्यले जिल्लास्तरीय विभिन्न निकायसँग छलफलसहित आवश्यक तयारी थालिएको हो ।
चीनको ताक्लाकोट नाका जोड्ने सडकका रूपमा रहेको लास्कुगाडखोला पुल र निजाङ्गगाड खोलामा निर्माण गरिएको मोटर पुल बाढीले बगाएको पाँच वर्ष बितिसक्दासमेत पुनर्निर्माण हुन सकेको छैन । महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुला–टिङ्कर सडकस्थित सदरमुकाम खलङ्गानजिकै रहेको सो पुलको पुनर्निर्माण नहुँदा यस क्षेत्रका नागरिक तथा सवारीसाधन जोखिम मोलेर खोला तरेर यात्रा गर्न बाध्य छन् । खोला तरेर यात्रा गर्दा दुर्घटना हुने जोखिम रहेको दुहुँ गाउँपालिका–२, हिकिलाका स्थानीय प्रेमराज जोशीले बताउनुभयो ।
बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवार बर्सौंदेखि लालपुर्जाविहीन जीवन बिताइरहेका छन् । आफ्नै खेतबारी र घरजग्गा उपयोग गर्दै आए पनि कसैको नाममा जग्गाधनी लालपुर्जा छैन । नेपालको कुनै पनि भूभागमा आफ्नो नाममा जग्गा नभएकाले आफूहरूलाई सुकुमवासीको सूचीमा समेटी लालपुर्जा वितरण गर्नुपर्ने माग उनीहरूको छ ।
कैलालीमा ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएकामध्ये ११ भवन प्रयोग गर्न नमिल्ने ठहर गरिएको हो । प्रयोग गर्न नमिल्ने भवनमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले रातो स्टिकर टाँस गरेको छ । सो कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कैलाली जिल्ला अदालत, त्रिनगर भन्सार कार्यालयको भवनमा प्रयोग गर्न नमिल्ने गरी क्षति भएका छन् ।
लहरै पक्की घर छन्, कसैका एक, कसैका दुई त कसैका तीनतले । झट्ट हेर्दा सम्पत्तिवाल बसेको जस्तो देखिने यो दृश्य धनगढी उपमहानगरपालिका–१, मिलनपुर (पुरानो एयरपोर्ट) को हो । यहाँ पक्की घर बनाएर बसेका पैतृक सम्पत्ति भएका कुनै सम्पत्तिवाल नभई पूर्वकमैया हुन् । मुक्त कमैया भन्नेबित्तिकै नदी वा जङ्गल किनारमा टहरा एवं खरका ससाना झुप्रा बनाएर बसेका गरिब, निमुखा हुन् भन्ने भाष्य चलनचल्तीमा छ तर मिलनपुरका मुक्त कमैयाले भने यसलाई चिर्दै आफ्नो आर्थिक मात्रै नभई बस्तीकै मुहार फेरेका छन् ।
जिल्ला सदरमुकाममा कार्यालय नपाएपछि काठेखोला गाउँपालिकामा सारिएको जिल्ला खेलकुद विकास समिति बागलुङको कार्यालय पुनः बागलुङ बजारमा सारिएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका – ४ चोरकाटे नजिक घुम्तीमोडमा शनिबार राति ८ बजे माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
मुलुक निर्वाचनतर्फ उन्मुख छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि सबै क्षेत्र आआफ्नो तयारीमा जुट्दै छन् । यसले चुनावी वातावरण बनाउँदै छ । युवापुस्ता (जेनजी) ले गरेको आन्दोलनसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । जेनजीले उठाएका माग सम्बोधन गरी मुलुकलाई अगाडि बढाउन निर्वाचनको विकल्प छैन । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेटसहि
आर्थिक वृद्धिले कुनै निश्चित समयमा वस्तु र सेवाको कुल उत्पादनमा भएको वृद्धि वा कुल गार्हस्थ उत्पादनको वृद्धिलाई जनाउँछ । यो देशको समृद्धि र स्थायित्वको महत्वपूर्ण सूचक हो । दिगो वृद्धि भनेको आम्दानी बढ्नु मात्र होइन, यसले त गरिबीको दरमा कमी ल्या
आयोजक वडा नं. १३ पत्थरकोटलाई २–० गोलले स्तब्ध पार्दै वडा नं. ११ हीरापुरले आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
नेपाल पर्यटन बोर्डले सन् २०२५ मा १६ लाख विदेशी पर्यटकलाई नेपाल भिœयाउने लक्ष्य राखेको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको जनधनको क्षति र विध्वंसले पर्यटन क्षेत्रमा समेत आघात पा¥यो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।