गुणबहादुर रोका
सुलीकोट, कात्तिक २३ गते । गोरखाको सिरानचोक गाउँपालिका – ४ चोरकाटे नजिक घुम्तीमोडमा शनिबार राति ८ बजे माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
अजिरकोटको भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेमध्ये केहि अवस्था गम्भीर भएकाले चितवनको भरतपुर रिफर गरिएको छ भने केहि घाइतेको प्रदेश अस्पताल गोरखमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
माइक्रोबसमा सवार १९ जनामध्ये १७ जना घाइते भएका छन् । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनस्थल पुगी घाइतेको उद्धार गरेको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धान भइरहेको र माइक्रोबस चालक चितनको खैरनी – १० कट्ठारका गोबिन्द भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।