सबैभन्दा कम जनसङ्ख्या भएको जिल्लाका रूपमा परिचित मनाङमा बाहिरी जिल्लाबाट अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक रहेको छ । यहाँका प्रायः सबै विद्यालय बाहिरी जिल्लाबाट आएका विद्यार्थीले भरिन्छन् । श्रम गर्दै पढ्दै कमाउँदै गर्ने विद्यार्थीका लागि मनाङ आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ । गुणस्तरीय शिक्षा तथा भरिपूर्ण भौतिक पूर्वाधार भएर यहाँ विद्यार्थीको आकर्षण भने बढेको होइन ।
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माध्यमिक विद्यालयले एसइई प्रमाणपत्र लिने क्रममा विद्यार्थीबाट आठ हजार रुपियाँभन्दा बढि असुली गरेको खुलासा भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
पूर्व निर्वाचन आयुक्त एवम् लेखक डा. अयोधीप्रसाद यादवले सप्तरी जिल्ला मैथिली भाषाको गढ भएको बताउनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीको वातावरण स्वच्छ राख्ने उद्देश्यले दातृ निकायबाट प्राप्त करोडौँ मूल्यका विद्युतीय सवारीसाधन पाँच वर्षदेखि अलपत्र परेका छन् । कानुनी र प्रक्रियागत झन्झटका कारण लामो समयदेखि घामपानीमा थन्किएका सवारीसाधन अहिले चल्नै नसक्ने अवस्थामा पुगेका छन् । जसले गर्दा ठुलो लगानी खेर जाने अवस्था देखिएको छ ।
भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ ।
बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल बाढीले बगाएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रामा निर्भर छन् ।
एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्र्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ ।
नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार र चालु आवको साउनदेखि असोजसम्म ५२ जनालाई रु दुई लाख ६० हजार रकम प्रदान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताउनुभएको छ ।
क्यान्सर केयर सेन्टर लहानले धनगडीमाइ नगरपालिकाका स्थानीय महिलाहरुलाई सचेत बनाउन एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ग्रामीण महिला केन्द्रको आयोजनामा भएको थियो ।
भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो ।
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका पहिरो र भूकम्पको उच्च जोखिममा रहेको छ । गाउँपालिकाभरिको जमिन दलदल माटो भएका कारण थोरै पानी पर्दासमेत पहिरो जाने र सानैखाले भूकम्प आउँदा पनि क्षति बेहोर्नुपर्ने देखिएको छ ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ ।