सुधा देव
भारदह(सप्तरी),कात्तिक २३ गते । पूर्व निर्वाचन आयुक्त एवम् लेखक डा. अयोधीप्रसाद यादवले सप्तरी जिल्ला मैथिली भाषाको गढ भएको बताउनुभएको छ ।
अमृत सहारा फाउन्डेसन सप्तरीले नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको मैथली लोकोक्ति सागर पुस्तकको बिमोचन कार्यक्रमका प्रमुख अतिथी डा. यादवले मैथिली भाषाको संरक्षण र प्रवर्धन जसरी हुनुपदर्थ्यो त्यस्तो हुन नसकेकोमा बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो भाषाको अतिक्रमण हुँदै गएको छ । यसको संरक्षण र प्रवर्धन गर्न आवश्यक छ ।’’
पत्रकार एवम् साहित्यकार श्यामसुन्दर यादवद्वारा प्रकाशित एवम् सागर वीर कडारीद्वारा सङ्कलित, सम्पादित, लिखित पुस्तकको विमोचन पूर्व निर्वाचन आयुक्त डा. यादवले गर्नुभयो ।
मधेशमा सदियौंदेखि प्रचलित मैथली भाषाको कहबी(भनाई)कहबी एकहजार ११, बुझौली पहेलि (उखान) पाँच सय १४, फकडा (टुक्का) दुई सय २३ वटा समेटिएको पुस्तकले लोप हुदै गएको संस्कृति र पुराना भनाइहरूलाई पुनः ताजगि र निरन्तरताका लागि सहयोगी हुने कार्यक्रमका वक्ताहरूले बताउनुभयो ।
लुम्बिनी विश्व विद्यालयको रजिस्ट्रार एवम् ईतिहास विद् डा. पिताम्बर लाल यादव, इन्टेलेक्चुअल फाउन्डेसन नेपालको अध्यक्ष डा. सूर्या यादव, मिलाफ नेपालको पूर्व अध्यक्ष देवेन्द्र मिश्र, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वरिष्ठ पत्रकार रामनारायण देव, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, अधिवक्ता एवम् साहित्यकार सन्तोष चौधरी लगायतले शुभकामना दिनुभएको थियोे ।
कडारीले फरक क्षमता भएको दाजुको नामबाट कोरोनाको समयमा अमृत साहारा फाउन्डेसन स्थापना गरेको र यो पुस्तक बिक्री गरेर आएको रकम फाउन्डेसनमा जम्मा गरेर फरक क्षमता भएको व्यक्ति, विपन्न असहायलाई सहयोग गर्ने उद्देश्य रहेको बताउनुभयो ।