शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । नेपाल जेनजी फ्रन्टले केन्द्रीय विभागका सदस्य र प्रदेश सम्पर्क व्यक्ति तोकेको छ । संयोजक रक्षा बमका अनुसार जेनजी विद्रोहलाई संस्थागत गर्ने र जेनजी अभियानप्रति शुभेच्छा र सद्भाव राख्नेलाई सङ्गठित गराउने प्रयासस्वरूप फ्रन्टलाई विस्तार गरिएको हो ।
फ्रन्टले केन्द्रीय जनसम्पर्क समितिमा रीतु खड्का, अभियान समितिमा अमृता वन र सूचना प्रविधि समितिमा संविधान प्रसाईंलाई चयन गरेको छ । फ्रन्टले कोशी प्रदेशमा रोहन दङ्गाल, मधेश प्रदेशमा मो. नजरे आलम, बागमतीमा सचिन चापागाई, गण्डकीमा साविज मियाँ, लुम्बिनीमा सौरभ न्यौपाने, कर्णालीमा विनिता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन विष्टलाई प्रदेश सम्पर्क व्यक्ति तोकेको छ ।