• २२ कात्तिक २०८२, शनिबार

प्रजिअ थानीको राष्ट्रभक्ति गीत बजारमा

blog

‘सयौथरी फूलहरुको’ बोलको गीतको पोष्टर ।

राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक २२ गते ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको स्वर, संंगीत र अभिनय रहेको राष्ट्रभक्ति भिडियो गीत सार्वजनिक भएको छ । ‘सयौथरी फूलहरुको’ बोलको गीत बिहीबार दिनेश थानी युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सुनिता पराजुलीको शब्दमा तयार गरिएको यो गीत राष्ट्रभावबाट प्रेरित रहेको छ । गीतमा नेपाल र नेपालीप्रति समानता, माटोको माया, नेपालीपनको एकता उजागर गर्ने सन्देश प्रवाह गरिएको छ । यसका साथै सबै नेपाली बराबरी रहेको, कोही सानो ठुलो नरहेको, भाषा र धर्म फरक भएतापनि सबै नेपाली नै रहेको भाव प्रकट गरिएको छ ।  

यो गीतको भिडियो रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोट आसपासका सुन्दर क्षेत्रहरुमा छायांकन गरिएको छ । यस गीतमा थानीको मुख्य अभिनय रहेको छ भने जनदिश चन्द्र हमाल र नेवबहादुर रानाको समेत अभिनय रहेको छ । हमाल सशस्त्र प्रहरी नायब उपरिक्षक हुनुहुन्छ भने राना प्रमुख अनुसन्धान अधिकृत हुनुहुन्छ ।

सिभिल ईन्जिनियरबाट प्रशासन क्षेत्रमा प्रवेश गर्नुभएका सर्जक तथा प्रशासक थानीका यसअघि ‘नजर नजरमै’, ‘साँझ पख’ लगायतका गीतहरु सार्वजनिक भएका छन् ।