गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा कास्की कारागारमा गरिएको तोडफोडपछि फरार भएका कैदी बागलुङमा पक्राउ परेका छन् ।
१. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ? विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७) खेल सञ्चालन मिति : विसं २०८२ मङ्सिर १ – २७
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले शान्ति सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ ।
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायतालाई नेपालको राष्ट्रिय प्रणालीसँग तादात्म्यता कायम गरी परिचालन गर्न के गर्नु पर्ला ? लेख्नुहोस् । नेपालको संविधानले वैदेशिक सहायता लिँदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समाहित गर्ने नीति लिएको छ ।
सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रशासन कार्यालयहरूले एक महिनाको अवधिमा नागरिकता, राहदानी (ई–पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायतका १२ हजार ४२९ सेवा प्रदान गरेका छन् ।
दिवङ्गत पितृको सद्गतको कामना गर्दै मनाइने बालाचतुर्दशी बुधबार शतबीज छरेर मनाइएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा बिहानदेखि भिड लाग्ने गर्छ ।
बालाचतुर्दशी पर्वका दिन आज धार्मिक क्षेत्र देवघाटमा स्नान गर्ने र सतविज छर्नेको बिहानैदेखि भिड लागेको छ ।
जन्मजात आँखा नदेख्ने ताँजाकोट गाउँपालिका–२ का मीलन नेपालीलाई अन्धोपनले देउडा गाउन कुनै छेकबार लगाउन सकेको छैन । मिठो स्वरका धनी नेपालीले पहिले वनपाखामा देउडा गाउने गर्दै आएको भए पनि पछिल्लो समयमा भने ठुला कार्यक्रमका मञ्चमै गाउन थाल्नुभएको हो ।
करिब तीन सय वर्ष पुरानो बार्दलीसहितको ‘शताब्दी घर’ । इँटा र काठको वास्तुकला मात्र नभएर पहाडी जीवनशैली, इतिहास र अध्यात्मको सौन्दर्य बनेको छ । काँधमा मादल, हातमा झुर्मा बोकेर यही घरमा हरेक शनिबार साँझ युवाको भेला हुने गर्छ । पुरानो परम्परालाई जोगाइराख्न र नयाँ पुस्तामा पनि यसको प्रभाव कायम होस् भन्दै पर्वतका युवाको समूहले हरेक शनिबार ‘भजनकीर्तन साँझ’ को अभियान सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४८ पैसा र बिक्रीदर १४२ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार उक्त प्रदेशले चालु आवमा देशको कुल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ ।
उत्तरी गोरखाको मनासलु हिमालको काखमा रहेको साम्दोमा पर्यटकको चाप उच्च रहेको छ । दिनभर हिउँले छाएको पहाडको घमाइलो दृश्यमा हराउने पर्यटक चुमनुब्री गाउँपालिका–१, साम्दोमा साँझ पर्नेबित्तिकै आएर बस्ने ठाउँको खोजी हुन्छन् तर साम्दोमा तीन वटा मात्र होटेल रहेकाले क्षमताभन्दा धेरै पर्यटक आउँदा आवासको अभाव हुन थालेको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित साँवाको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । मङ्गलबार मध्यराति भएको आगलागीबाट तेम्बा बजारका चार घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।