गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि मङ्सिर २० देखि २२ गतेसम्म छत्रकोट गाउँपालिका–६, सेङ्दि खेलमैदान खज्र्याङ्गमा प्रतियोगिता सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।
मधेश प्रदेशसभाको बैठक बुधबार बस्दै छ । प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको छ ।
डुबान नियन्त्रणका लागि एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको गुरुयोजनाका लागि सरकारले पहिलो वर्ष एक करोड रुपियाँ मात्र विनियोजन गरेपछि स्थानीय र प्राविधिक दुवै अन्योलमा परेका छन् ।
कुनै समय जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेदेखि सचेत रहन आममतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकारले आगामी फागुन
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
उपल्लो मुस्ताङ क्षेत्र भ्रमण गर्ने विदेशी नागरिकले अब पदयात्रा गरेको समयअवधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम तिरे हुने भएको छ ।
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।
नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ ।
आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिनुहुन्छ । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उहाँले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसक्नुभएको छ ।
बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउलीखोलामा पुल निर्माणका काम सुरु गरिएको झन्डै पाँच वर्षसम्म पूरा नभएको पाइएको छ । सो पुल एक वर्षकै निर्माण गर्ने गरेर ठेक्का भएको थियो ।