बाजुराका भेडीगोठ अहिले औल (बेँसी) झरेका छन् । यहाँका उच्च भूभागमा चिसो बढेसँगै भेडीगोठ पनि धमाधम औल (बेँसी ) झरेका हुन् । कात्तिकको पहिलो सातादेखि नै यहाँ चिसो सुरु भएसँगै अहिले भेडीगोठ औल (बेँसी) झारेको बुढीनन्दा नगरपालिकाका स्थानीय प्रेमसिं गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा यहाँका अधिकांश ठाउँमा हिमपात हुन्छ । त्योबेला भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । त्यसैले भेडाबाख्रालाई पनि चरिचरन गर्न समस्या हुने भएकाले भेडीगोठ बेँसी सार्ने गरिन्छ ।”
पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिबाट फैलाइएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य सङ्घ(उवासङ्घ) र केही राजनीतिक दलका प्रतिनिधिबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनका क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो ।
सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
सर्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । उक्त गिरोहमा रहेका पाँच जना नेपाली र चार जना भारतीय पक्राउ परेका हुन् ।
बुटवलको इतिहास र युद्धको गौरवसँग जोडिएको ऐतिहासिक जितगढी युद्ध सङ्ग्रहालय बजेट अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । बुटवल–१ पुरानो बटौली बजारमा बनेको यो सङ्ग्रहालय दुई वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि अझै १२ करोड रुपियाँ आवश्यक पर्ने भएकाले सञ्चालनमा कठिनाइ आएको हो ।
यहाँ निर्माण भइरहेको ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गर्नु परेको स्थानीयको भनाइ छ ।
चिसो बढ्दै गइरहेको छ । केही दिनअघि यो क्षेत्रमा भारी हिमपात पनि भयो । ल्होमन्थाङ गाउँपालिका छोसेरका २८ वर्षीय पेमाछिरिङ गुरुङले माइनस १५ डिग्री सेल्सियस तापक्रममा नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार गरिरहनुभएको छ ।
म्झौता गरेर काम नगर्ने बर्दियाको अमन कन्स्ट्रक्सनलाई खजुराको गाउँपालिकाले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । सम्झौता गरेको चार वर्ष पुगिसक्दा पनि अमन कन्स्ट्रक्सनले योजना पूरा गर्न सकेको छैन ।
कर्णाली प्रदेश सरकारले बालविवाह रोक्न रणनीतिक योजना स्वीकृत गरेको छ । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम नरोकिएपछि छुट्टै कानुन निर्माण गरेको हो ।
सरकारी तथा सामुदायिक जग्गा अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने क्रम रोकिएको छैन । देशभर अतिक्रमित तथा विभिन्न पक्षबाट गैरकानुनी रूपमा भोगचलन भइरहेका सरकारी–सार्वजनिक जग्गा संरक्षण गर्न
अल्पसङ्ख्यक तथा सिमान्तकृत बोटे माझी समुदायको बाहुल्यता रहेको रुरुक्षेत्र गाउँपालिका–५ को बोटेगाउँमा नयाँ विद्यालय निर्माण भएको छ ।
सप्तरी प्रहरीले रसायनिक मल कालोबजारी गरेको आरोपमा एकजनालाई प्रक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो ।
सन् १९३० को आर्थिक मन्दीको प्रभावबाट जोगिन राज्यको लगानीमा आर्थिक सक्रियता ल्याउन सार्वजनिक संस्थान स्थापना गर्ने लहड नै चल्यो । जनताका अति आवश्यक वस्तुको आपूर्ति तथा सेवा प्रवाह गर्न संस्थानको आवश्यकता पनि थियो । निजी क्षेत्रले नाफाको अपेक्षा गर्ने र नाफा कम तथा जोखिम हुने क्षेत्रमा लगानी गर्न उत्साहित नहुने क्षेत्रमा सरकारको लगानी बाध्यता देखियो ।
नेपाल जस्तो विकासोन्मुख मुलुकमा सार्वजनिक सेवा प्रवाह राज्य सञ्चालनको एक महत्वपूर्ण आधार हो । नागरिक राज्यसँग प्रत्यक्ष सम्पर्कमा आउने सबैभन्दा ठुलो क्षेत्र प्रशासन नै हो ।
यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।