• ३ मंसिर २०८२, बुधबार

आँधीखोलाले दूधमा चार रुपियाँ अनुदान दिने

blog

दूध सङ्कलन केन्द्र सञ्चालनमा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ३ गते ।
आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसीङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दूग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।

सहकारीले दूध उत्पादन गरी सङ्कलन केन्द्रमा जम्मा गर्ने र जम्मा गरेको तथ्याङ्कको आधारमा पालिकाले अनुदान दिने छ ।

सहकारीले बजारीकरण गर्नेगरी दूध सङकलन केन्द्र सञ्चालन ल्याएको छ भने पालिकाले छ वटा वडाबाट हरेक दिन दुध सङकलन गर्न थालेको छ ।

गाउँमै उत्पादन हुने दूध एकै ठाउँमा सङकलन र वितरण गरेसँगै किसानलाई बेचबिखनको झण्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको रहेको छ ।

पालिकाको सहयोगमा सहकारीले आवश्यकता अनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको पालिका अध्यक्ष अध्यक्ष विश्व पौडेलले बताउनुभयो ।

दूध सङ्कलन केन्द्र स्थापनासँगै किसानहरू व्यवसायप्रति थप आकर्षित भएको पौडेलले बताउनुभयो ।

किसानलाई सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष पौडेलले गाउँमै उत्पादन भएकै दूध गाउँमै बिक्री हुँदा कृषकलाई ठुलो राहत हुने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष पौडेलले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान विचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनभुयो ।

पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँचवटा मिल्क एनालाइजरसहित अत्यावश्यक उपकरणमध्ये पाँचवटा डिफ्रीज र ५० वटा दूध सङ्कलन गर्ने क्यान उपलब्ध गराएको छ ।