मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, मङ्सिर ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेदेखि सचेत रहन आममतदातालाई आग्रह गर्नुभएको छ ।
अन्तरिम सरकारले आगामी फागुन २१ का लागि तय गरेको निर्वाचनमा भ्रमको खेती गर्ने र मिठा भाषण गर्ने धेरै आउने भन्दै काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्ने बताउनुभएको हो ।
मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर क्षेत्रमा सडक ढलान कार्यको सुरुवात गर्ने कार्यव्रmममा मुख्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “कुरा धेरै जान्ने तर काम नगर्नेले फेसबुक र युट्युबमा राम्रा भाषण गर्छन्, काम भने गर्दैनन् । जनताले त्यस्तालाई चिनेर कुरा र काम दुवै गर्नेलाई रोज्नु पर्छ ।” भ्रम उत्पन्न गर्ने व्यक्ति र पार्टीलाई प्रश्रय नदिन उहाँले आग्रह गर्नुभयो ।
प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको बताउनुभयो । आगामी बजेट जनमुखी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकाससँगै नागरिकलाई सिप र तालिम प्रदान गरी आयआर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको बानियाँले बताउनुभयो । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
सडक ढलान सुरुवात कार्यव्रmममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँवासीलाई सिप प्रदान गर्दै स्वरोजगार प्रवर्धन गर्न गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । किसानलाई गाईभैँसीपालनमा प्रोत्साहनका लागि दुध बिव्रmीको पैसा समयमै भुक्तानी दिलाउन गाउँपालिकाले दुग्ध डेरीसँग सम्झौता गरी काम गरिरहेको उहाँले बताउनुभयो । दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाईभैँसी पाल्ने किसानको सङ्ख्या बढेको उहाँको भनाइ थियो ।
बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१, तल्लो मकरी–राधाकृष्ण मन्दिर सडक ढलान सुरु भएको हो । छ मिटर चौडाइ र ७३२ मिटर लम्बाइ रहेको सडक ढलान कार्यको मुख्यमन्त्री बानियाँले कङ्व्रिmट बिछ्याएर सुरुवात गर्नुभएको हो । ७४ लाख ९६ हजार रुपियाँमा ठेक्का सम्झौता भएर गुनी निर्माण सेवाले सडक काम थालेको हो । मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सडक स्ल्याब ढलान शिलान्यास कार्यव्रmम भएको थियो ।