लमजुङको गाउँसहरस्थित कालिका मन्दिर र ऐतिहासिक दरबारको प्रचारप्रसार गर्न श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना र बेँसीसहर नगरपालिका–३ को संरक्षकत्वमा मङ्गलबारदेखि महायज्ञ सुरु गरिएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले लगानीको वातावरण सुधार गर्न थुप्रै कानुनी सुधार गर्न जरुरी रहे पनि चुनावी सरकार भएकाले तत्काल कठिन रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले बुधबार आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा मन्त्री खनालले लगानीको वातावरण बनाउन कानुनी सुधार आवश्यक भए पनि संसद् नभएको र सरकार चुनावमा केन्द्रित भएकाले पनि कानुन संशोधन गर्न नसक्ने बताउनुभएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ ।
पूर्वाधार विकासका आयोजनाको ठेक्का सम्झौता गर्दा कम मूल्य कबोल गर्ने आर्थिक प्रस्तावभन्दा प्राविधिक प्रस्ताव राम्रो रहेका सक्षम ठेकेदार छनोट गर्ने पद्धतिलाई प्राथमिकता दिइने भएको छ । एसियाली विकास बैङ्क र विश्व बैङ्क जस्ता बहुपक्षीय दातृ निकायको मापदण्ड अनुसार सार्वजनिक खरिद ऐनमा समेत त्यस्तो व्यवस्थाको गृहकार्य भइरहेको छ ।
जडीबुटी निर्यातका लागि देशकै प्रमुख नाकाका रूपमा गणना हुने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख किलोभन्दा बढी जडीबुटी निर्यात गरिएको छ । केही वर्षयता आएर यस नाकाबाट जडीबुटी निर्यात वृद्धि हुँदै गएपछि त्यसमा लागेका व्यवसायी, सङ्कलक र किसान सबै उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।
कृषिक्षेत्रमा भित्रिएको अर्धयान्त्रिकीकरणले किसान थप समस्यामा परेका छन् । सघन रूपमा धान खेती हुने दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी, रङ्गेली नगरपालिका र कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिका क्षेत्रका कृषिमा आश्रित कृषि मजदुर यन्त्रले काम खोसेपछि भारत पलायन भएका छन् । वर्षभरि कृषि मजदुरी गरेर घर चलाउने सन्थाल, ऋषिदेव, बाँतर, उराँव जातिका युवा गाउँमा बस्न छोडेका छन् । वर्षभरि कृषि मजदुरी गर्न नपाउने भएपछि उनीहरू भा
दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ यही मङ्सिर १३ गतेदेखि सञ्चालन हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिमामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
लगानी बोर्डको बैठकले चार वटा ठुला जलविद्युत् परियोजनाका सम्बन्धमा महत्वपूर्ण निर्णय लिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजना र अरुण–३ जलविद्युत् परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाका सम्बन्धमा बेग्लाबेग्लै निर्णय गरेको हो ।
गुल्मीमा ४८ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यस जिल्लामा तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहलगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । कर्णालीमा ठुला जलविद्युत् आयोजना सञ्चालनमा नरहेको अवस्थामा यस्तो नीति लिइएको हो ।
प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपियाँ (७४ करोड ७० लाख डलर) को हुने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ ।
नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । सो दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।