जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको विरोधमा जुम्लाका राजनीतिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए ।
नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७ औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
बाँकेको कोहलपुरमा पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माण गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा सो आधुनिक शवदाह गृहको निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
मकालु बेस क्याम्प क्षेत्र पदयात्राका क्रममा दोलखा जिल्ला मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको बेस क्याम्प नजिकै पुगेपछि स्वास्थ्यमा अचानक समस्या भएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दुध उपलब्ध गराउन छाड्दै गएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई सेवा प्रदान गर्ने भन्दै खरिद गरेका सात वटा नगरबस छ वर्ष नपुग्दै प्रयोगविहीन भई बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार वटा ४१ सिटे र तीन वटा ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ रुपियाँमा खरिद गरेको थियो । ती बसलाई उद्देश्य अनुरूप सञ्चालन गर्न नसक्दा खरिद गरेको छ वर्षमै प्रयोगविहीन अवस्थामा पुगेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ । शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।
कोशी प्रदेश सरकारको प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगर महानगरपालिकाका तारानाथ निरौला नियुक्त हुनुभएको छ । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले
सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन मर्मत कार्य भइरहेको छ ।
थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथामा घर घर खबर पु¥याउनका लागि चौकीदार (चिरक्या) राख्ने चलन छ तर पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमनसाले नै चौकीदारको काम पनि गर्ने क्रम बढ्न थालेको छ ।
स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिनुभएको छ ।
ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा अवस्थित दाङवाङ माध्यमिक विद्यालयमा छात्रावास भवन र विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकारको सहयोगमा १२ कोठे विद्यालय भवन र दस कोठे छात्रावास भवन निर्माण गरिएको हो ।
आगामी नयाँ वर्ष २०८३ साल वैैशाखमा विराटनगरले नयाँ टर्मिनल भवनबाट सेवा प्रारम्भ गर्ने विश्वास गरिएको छ । निर्माण कम्पनीसँगको सम्झौता अनुसार विमानस्थलको नयाँ टर्मिनलको
जुम्ला बसपार्क सात वर्षदेखि अलपत्र छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरे पनि जग्गा विवादले बसपार्क अलपत्र परेको हो । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनका लागि थुप्रै पटक छलफल गरे पनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको छ । २०७६ सालमा निर्माण भएको बसपार्कसम्म जाने सडक बनाउन जग्गाको विवाद सुल्झाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो । बसपार्क सञ्चालनमा नआउँदा सवारीसाधन सडकमै जथाभाबी पार्किङ हुने गरेका छन् ।