कर्णाली प्रदेशका सबै घरमा शौचालय निर्माण भएपछि विसं २०७५ असारमा खुला दिसामुक्त घोषणा गरिएकोमा अझै तीन प्रतिशत घरमा शौचालय नभएको पाइएको छ ।
बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सुशासन कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडामा बुधबार भएको प्रदेश
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ साम्दोका महिलाहरुले भेडाको उनलाई कला र आम्दानीमा बदल्दै लगेका छन् ।
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा गए राति ८ बजे भे २ त ५७९ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक २८ वर्षीय कर्णबहादुर विकको मृत्य भएको हो ।
नेपाली क्रिकेटप्रेमी अहिले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को महामहोत्सवमा झुमेका छन् । खेतभरि झुलेको धान उठाउने यो मङ्सिर महिना क्रिकेटप्रेमीका निम्ति एनपिएलकै आकर्षणले मुग्ध बनाउँदै छ ।
बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ ।
बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरको पछाडि बस्ने एकजना घाइते भएका छन् ।
स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।