सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना प्रकरणमा विशेष अदालतले जाजरकोटको रानीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर शाहीलाई छ महिना कैद सजायको फैसला गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । मङ्सिर १ गतेका लागि तय भएको बैठक १५ औँ महाधिवेशनका सन्दर्भमा सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय भएको हो ।
नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका चार जना मलेसियन नागरिकलाई स्वदेश पठाउने निर्णय भएको छ । मङ्सिर २ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मलेसियन नागरिकले नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिबानाबापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय भएको जानकारी दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैङ्क (एडिबी) लाई आग्रह गर्नुभएको छ ।
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा सर्वसाधारणको प्रवेशका लागि नियमित प्रणाली अनुसार प्रवेश पास दिन सुरु गरिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनपछि सिंहदरबारको मूल गेटबाट दिँदै आइएको प्रवेश पास नियमित प्रक्रिया अनुसार पुनः दिन सुरु गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गर्नुभएको हो ।
रुपन्देहीको भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ ।
जनकल्याण माध्यमिक विद्यालय रामपुर नगरपालिका –१०, रामटारमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । रम्भा –१ हुँगी घर भई हाल अस्ट्रेलियामा रहनु भएका विनोद कडरियाले न्यून आर्थिक अवस्थाका परिवारका ४५ जना विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देशको वर्तमान अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले अब अराजकता अन्त्य गरी देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समग्र सुरक्षा समन्वयबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर एकजना घाइते भएका छन्।
कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका २१ जना फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
बालगायक निश्चल अधिकारीको स्वर रहेको ‘बालखैमा दिल बस्यो’ गौथली २ को भिडियो सार्वजनिक भएको छ।