स्थानीयको बिरोधपछि लमजुङमा निर्माण गर्न लागिएको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत आयोजना निर्माणको काम बन्द भएको छ ।
करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ ।
गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेला सुरु भएको छ । बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनबाट शान्तिपुर चक्रेश्वर मेला सुरु हुने गर्दछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनायो ।
बिहान उज्यालो भयो कि महोत्तरीको भङ्गाहा–४ रामनगरस्थित मुसहरीटोलका ६० वर्षीय पिर्ता सदा हातमा प्लाष्टिकको जगमा पानी बोकेर दिसा गर्न टाढाको चउर वा झाडीतिर लाग्नुहुन्छ ।
अफ्रिकामा पहिलो पटक आयोजना हुँदै गरेको जी-२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु-संवेदनशील राष्ट्रका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ ।
बर्दियामा दुई हजार दुई सय ७८ जना नयाँ मतदाता थपिएका छन् । गत असोज १० गते यता निर्वाचन कार्यालयमा गई उनीहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी बनाउन राष्ट्रिय बालअधिकार आयोग गठन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन् ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो।
निर्माण व्यवसाय विकास परिषले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले मदन भण्डारी राजमार्ग अन्तर्गत सडक मापदण्ड भित्रका घर टहरा हटाउन स्थानीयलाई आग्रह गरेको छ।
अव्यवस्थित रूपमा भइरहेको दोहनले दरम र ताराखोलाको अस्तित्व सङ्कटमा परेको छ ।