खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा कोटाभन्दा बढी धान खरिद गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
खार्पुनाथ गाउँपालिका–४, माझा आगलागी पीडितका लागि राहत सङ्कलन गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा काठमान्डुले सुदूरुपश्चिमविरुद्ध टस जितेर बलिङ रोजेको छ । टस हारेको सुदूरपश्चिमले पहिले ब्याटिङको निम्तो पाएको छ ।
सरकारले सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई बढाउन पुनः प्रक्रिया थालिएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०२६ को संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप-३१) आयोजनाका लागि टर्कीलाई रोक्ने कुनै प्रयत्न नगर्ने स्पष्ट सङ्केत दिनु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा निर्माण गरिएको छ वटा प्रिफ्याब भवन बुधबार एक कार्यक्रम गर्दै मन्त्रालयलाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ ।
स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ ।
बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सल्यान प्रहरीले जिल्लामा अवैध रूपमा सञ्चालन भई रहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहनुभएको छ ।
समयमै राहदानी नआउने भएपछि जिल्ला प्रशासन कार्यालय लमजुङमा राहदानी बनाउन आएका सेवाग्राहीलाई काठमाडौं पठाउने गरिएको छ । राहदानी सेवा प्रभावित भएपछि सेवाग्राहीहरु नै आउन छाडेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।