राजन रावत
हुम्ला, मङ्सिर ३ गते । खार्पुनाथ गाउँपालिका–४, माझा आगलागी पीडितका लागि राहत सङ्कलन गरिएको छ । आगलागी भएको एक हप्तापछि पीडित पक्ष र सञ्चारकर्मीहरूको टोलीले सरदुमुकाम सिमकोटमा सो राहत सङ्कलन गरिएको हो ।
दुःखिरहेको घाउमा मलम पट्टी लगाउन र आगलागी पिडित थोरै भए पनि राहतको महशुस गराउन राहत सङ्कलन गर्ने कार्य भएको पत्रकार महासङ्घ हुम्ला शाखाकी उपाध्यक्ष छपाल लामाले बताउनुभयो । आगलागी भएको एक साता पुग्दा पनि कँही कतैबाट सहयोग जुटाउन कार्य नभएको पाइएपछि सञ्चारकर्मीको अगुवाईमा राहत सङ्कलन कार्यमा लागेको उहाँले बताउनुभयो ।
एक दिन राहत सङ्कलन गर्दा एक लाख दुई हजार रुपियाँ सङ्कलन भएको र सो सङ्कलित राहत रकम आगलागी पीडित शोभन रावतलाई हस्तान्तरण गरिएको थियो ।
गत कात्तिक २६ गते खार्पुनाथ गाउँपालिका–४, मााझा गाउँमा रावतको घरमा आगलगी भएका पूर्णरूपमा घर जलेर नष्ट भएको थियो । आगलागीबाट साँढे सात लाख नगद, अन्य जिन्सी सामान जलेर नष्ट भएको थियो भने अर्का स्थानीय कमल रावतको घरमा पनि आगलागीले क्ष्यति पुर्याएको थियो । हाल आगलागी पिडित आफन्तको घरको गोठमा बस्न बाध्य हुँदै आउनु भएको छ । यसअघि स्थानीय व्यापारले खाद्यान्न र कपडा सहयोग गर्नु भएको थियो ।