• ३ मंसिर २०८२, बुधबार

नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

blog

जयकृष्ण यादव

इनरुवा, मङ्सिर ३ गते। सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। 

बुधबार बिहानको समयमा रामधुनी नगरपालिका–४ स्थित नुहाउने क्रममा खोलामा डुबेर मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको हो। 

रामधुनी मन्दिरमा बाला चतुर्दशीको अवसरमा लागेकोमा मेलामा स्थानीय सुनसरी खोलामा नुहाउने क्रममा भट्टराईको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो।