• ४ मंसिर २०८२, बिहिबार

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

blog

सहदेव बस्नेत
जाजरकोट, मङ्सिर ४ गते । 
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा गए राति ८ बजे  भे २ त ५७९ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका सहचालक २८ वर्षीय कर्णबहादुर विकको मृत्य भएको हो ।

वडा अध्यक्ष धनबहादुर महरले नलगाड १  चीउरी गाउँबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ चीसापानी बजारतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले दुर्घटनाको वडा अध्यक्ष महरले जानकारी गराउने वित्तीकै प्रहरी घटनास्थलमा पुगी घाइते विकलाई उद्धार गरी नजिकै रहेको नलगाड नगर अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

दुर्घटना लगत्तै ट्याक्टर चालक हिरालाल घर्ति फरार रहेकाले खोजी कार्य भइरहेको र दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । हाल मृतक विकको शव नगर अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइने प्रहरीले जानएको छ ।