भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
थारु समुदायमा सदियाैंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्नेक्रम सुरु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ ।
नवलपुरको कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा शुक्रवार र शनिवार दुई दिनसम्म मुटुरोग परिक्षण शिविर आयोजना गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीब्र रुपमा हुँदैछ ।
पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ।
जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । ‘मेरो दिन, मेरो अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ ३६ औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार आज देखि सञ्चालनमा आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरुपमा वृद्धि भएको रिपोर्ट गरेको छ ।